अमेरिका – अमेरिकामा कोरोना भाइरसको संकट बढ्दै गएको छ । यसको चपेटामा विश्व अर्थतन्त्र देखि अमेरिकाको प्रभावशाली राजनीतिज्ञमा समेत परेको छ । आइतवार सत्तारुढ पार्टीका दुई राजनीतिज्ञमा कोरोना भाइरसको संभावित जोमिख देखिएपछि सेल्फ-क्वारेन्टाइनमा गएका छन् । टेक्ससका सिनेटर ट्रेड क्रुज र एरिजोनाका कंग्रेसम्यान पाउल गोसर क्वारेन्टाइनमा गएका हुन् ।
उनीहरुले कोरोना भाइरसको कुनै लक्षण नदेखिए पनि सावधानीका लागि स्वक्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । दश दिन अघि भएको रिपब्लिकनपार्टीको एक बैठकमा सहभागी हुँदा सन्छिप्त अन्तरक्रिया र हात मिलाएइका ब्यक्तिमा पछि कोराना भाइरस संक्रमिण भएको थियो । उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स लगायत वरिष्ठ अधिकारीहरुको सहभागिता थियो । टेक्ससका सिनेटर क्रुज प्रभावशाली राजनीतिज्ञ पनि हुन् । रिपव्लिकन पार्टीवाट उनले राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेका थिए ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ५० नाघेको छ । जसमध्ये २१ जनाको मृत्यु भईसकेको छ । यो भाइरस ३४ राज्य फैलिएको छ । करिब एक दर्जन राज्यहरुले आपतकालिन स्थितीको समेत घोषणा गरिसकेका छन् ।
कोराना भाइरसले अमेरिका लगायत विश्व अर्थतन्त्रमा पनि धक्का दिएको छ । सोमवार विहान केही देशमा बजार खुल्दा तेल र शेयर कारोवार मूल्यमा भारी गिरावट आएको छ । सोमवार विहान तेल बजार खुल्दा मूल्यमा व्यापक घटेर सन् १९९१ को स्थितीमा पुगेको छ । कोरोना भाइरसको सत्रासले अमेरिकाको अर्थतन्त्र मन्दीमा जाने जोखिम पनि वढ्न थालेकोमा कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
कोराना संत्रासले अमेरिकामा सोमवार विहान तेल र शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने लगानीकर्तामा ठुलो चासो छ । यो त्रास वढ्दै गएकाले छिटो औषधी तयार हुने अनुमान पनि गरिएको छ ।
कोराना भाइरसका कारण कतारले नेपाल सहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको छ । कतार ठुलो संख्यामा नेपाली कामदार भएको देश हो । कतारले नेपाली कामदारलाई प्रतिवन्ध लगाउंदा रेमिट्यान्समा समेत असर पर्ने जोखिम वढ्को छ ।
तस्बिर : सामाजीक संजाल







प्रतिक्रिया