मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सिनेटर ट्रेड क्रुज पनि क्वारेन्टाइनमा, कतारले नेपालीलाई प्रवेश नदिने

सिनेटर ट्रेड क्रुज पनि क्वारेन्टाइनमा, कतारले नेपालीलाई प्रवेश नदिने


अमेरिका – अमेरिकामा कोरोना भाइरसको संकट बढ्दै गएको छ । यसको चपेटामा विश्व अर्थतन्त्र देखि अमेरिकाको प्रभावशाली राजनीतिज्ञमा समेत परेको छ । आइतवार सत्तारुढ पार्टीका दुई राजनीतिज्ञमा कोरोना भाइरसको संभावित जोमिख देखिएपछि सेल्फ-क्वारेन्टाइनमा गएका छन् । टेक्ससका सिनेटर ट्रेड क्रुज र एरिजोनाका कंग्रेसम्यान पाउल गोसर क्वारेन्टाइनमा गएका हुन् ।
 
उनीहरुले कोरोना भाइरसको कुनै लक्षण नदेखिए पनि सावधानीका लागि स्वक्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । दश दिन अघि भएको रिपब्लिकनपार्टीको एक बैठकमा सहभागी हुँदा सन्छिप्त अन्तरक्रिया र हात मिलाएइका ब्यक्तिमा पछि कोराना भाइरस संक्रमि भएको थियो । उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स लगायत वरिष्ठ अधिकारीहरुको सहभागिता थियो । टेक्ससका सिनेटर क्रुज प्रभावशाली राजनीतिज्ञ पनि हुन् । रिपव्लिकन पार्टीवाट उनले राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेका थिए ।
 
 
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ५० नाघेको छ । जसमध्ये २१ जनाको मृत्यु भईसकेको छ । यो भाइरस ३४ राज्य फैलिएको छ । करिब एक दर्जन राज्यहरुले आपतकालिन स्थितीको समेत घोषणा गरिसकेका छन् ।
 
कोराना भाइरसले अमेरिका लगायत विश्व अर्थतन्त्रमा पनि धक्का दिएको छ । सोमवार विहान केही देशमा बजार खुल्दा तेल र शेयर कारोवार मूल्यमा भारी गिरावट आएको छ । सोमवार विहान तेल बजार खुल्दा मूल्यमा व्यापक घटेर सन् १९९१ को स्थितीमा पुगेको छ । कोरोना भाइरसको सत्रासले अमेरिकाको अर्थतन्त्र मन्दीमा जाने जोखिम पनि वढ्न थालेकोमा कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
 
कोराना संत्रासले अमेरिकामा सोमवार विहान तेल र  शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने लगानीकर्तामा ठुलो चासो छ । यो त्रास वढ्दै गएकाले छिटो औषधी तयार हुने अनुमान पनि गरिएको छ ।
 
कोराना भाइरसका कारण कतारले नेपाल सहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको  छ । कतार ठुलो संख्यामा नेपाली कामदार भएको देश हो । कतारले नेपाली कामदारलाई प्रतिवन्ध लगाउंदा रेमिट्यान्समा समेत असर पर्ने जोखिम वढ्को छ ।
 
तस्बिर : सामाजीक  संजाल 
 

शेयर गर्नुहोस:

0
Shares