लसएन्जलस (क्यालिफोर्निया)- लसएन्जल्समा गुरुङ्ग समुदायले नयाँ बर्ष २०२० को अवसरमा साउदर्न क्यालिफोर्निया लसएन्जल्समा विशेष कार्यक्रमों साथ तमु ल्होछार मनाउने भएका छन् ।
यहि आगामी डिसेम्बर ३१ तारिख मंगलवारको दिन Himalayan Grill 16278 Pacific Coast Hwy, Huntington Beach, CA 92649 माँ तमु ल्होछार पर्ब दोहाोरी गायिका शिला आलेमगर र भगवान भण्डारीका साथमा मनाउने भएका हुन्।
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ्ग समाज हो । जसले आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्ने उध्येशका साथ आफ्नो संस्कृति मनाउदै आईरहेको छ ।
सो कार्यक्रम मा प्रवेश शुल्क टिकट दर प्रति ब्यक्ति अमेरिकन २५ डलर तोकिएको छ भने १० बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई भने निःशुल्क प्रवेशको ब्यबस्था रहेको छ ।
प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको बताउदै सम्पुर्ण साउदर्न क्यालिफोर्नियाका नेपालीहरुलाई नयाँ बर्ष तथा (तमु ल्होछार) को शुभकामन सहित बिभिन्न मनोरंन्जनात्मक कार्यक्रमहरुको साथ तमु ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले यसै सुचना मार्फ़त आह्वान गरेका छन् ।






प्रतिक्रिया