मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई २० लाख सहयोग

गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई २० लाख सहयोग


चितवन । चितवन घर भई बेलायतलाई आफ्नो कमृभूमि बनाउँदै आएका प्रकाश अर्यालले आफ्ना पिता महेश अर्यालमार्फत् रत्ननगर ११ मंगलपुरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई २० लाख रुपैयाँ सहयोग गरेका छन् । 
 
छोरा प्रकाशले बेलायतबाट पठाएको सन्देश वाचन गर्दै महेश अर्यालले अध्ययनका लागि आश्रममा आश्रित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै सहयोग रकमको सही सदुपयोग हुनुपर्ने बताए । 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, ११ नम्बरका वडाध्यक्ष शशिभक्त न्यौपानेलगायतको उपस्थितिमा केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई २० लाख एक रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
 
सो क्रममा नगरपालिकालाई बालमैत्री घोषणा गर्दै अतिविपन्न वर्गका छात्रछात्राहरुलाई खाजा खर्चवापत दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको मेयर वनले बताए । 
 
केनद्रका अध्यक्ष शर्माले अहिलेसम्मकै दान रकममा चेपाङ संरक्षण केन्द्रलाई आएको ठूलो धनराशी प्रदान गर्ने बेलायतवासी महेश अर्याल र उनका पितालाई आफूले सम्मान गर्ने कुनै शव्द नरहेको भन्दै आभार प्रकट गरे ।
 
उनले पछिल्लो समय यस्ता सहयोगबाट आफूले लिएर हिँडेको लक्ष्यलाई ठूलो टेवा पुगेको बताए । 

शेयर गर्नुहोस:

0
Shares