मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जुवा खेल्न प्रहरीलाई घूस दिने पक्राउ

जुवा खेल्न प्रहरीलाई घूस दिने पक्राउ


काठमाडौँ । महानगरीय प्रहरी परिसरमै गएर घूस दिनेलाई पक्राउ गरिएको छ । प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्षमै गएर घूस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो ।  
 
आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष मै गएर जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै रु ४० हजार घुस दिने भक्तपुर नगरपालिका–१ सल्लाघारीका ५६ वर्षीय गङ्गालाल श्रेष्ठलाई प्रहरीले परिसरबाटै पक्राउ गरेको हो । 
 
पक्राउ परेका श्रेष्ठलाई आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको प्रहरी नायब उपरीक्षक देवतीरमण पोखरेलले जानकारी दिए । 
 
त्यसैगरी धनमाल चोरी गरी फरार हुँदै गर्दा प्रहरीले सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको छ । 
 
चागुँनारायण नगरपालिका–८ रानीबारीका ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका गहना र नगद गरी रु  तीन लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गर्दा गिरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।  
 

शेयर गर्नुहोस:

0
Shares