मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघका दुई गुटबीच कुटाकुट, दर्जन बढी घाइते

नेविसंघका दुई गुटबीच कुटाकुट, दर्जन बढी घाइते


काठमाडौं । ३२ वर्षीय उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच विवाद उत्पन्न हुँदा कुटाकुट भएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२ वर्षीय उमेर हद लागू हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेको अवस्थामा अर्को समूह पनि पुगेको थियो ।
 
दुई पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । थप झडप हुन नदिन प्रहरीले नेविसंघका कुनै पनि कार्यकर्तालाई कांग्रेस केन्द्रीय कार्यालयमा छिर्न दिएको छैन ।
 
विवादले चर्को रूप लिएपछि दुई समूहबीच ढुंगा हानाहान भएको थियो । त्यसपछि स्थिति नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । झडपमा दर्जनभन्दा बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
 
पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् । सिटौला समूह त्यसको विपरीत छ ।
 
संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी महामन्त्री निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
 
शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेको छ । विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ । आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिएका छन् । 

शेयर गर्नुहोस:

0
Shares