रुपन्देही । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रेस युनियनले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले एनसेलका टावरमा विष्फोट हुनुले लगानीकर्ता त्रसित भएको हुँदा सरकारले तत्काल कारबाही गर्नुपर्ने धारणा राखे ।
उनले भने, “पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा खलल पु¥याउने काम भएको छ यसलाइ तत्काल सरकारले ध्यान दिनुपर्छ ।”
सभापति शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिविहीन बनाउने काम गरेको टिप्पणी गरे ।
उनले शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था संविधानमै उल्लेख भएकाले प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा रहनुपर्ने धारणा व्यक्त गरे ।






प्रतिक्रिया