मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एक वर्षलाइ स्मार्टफोन थन्काउनुस्, एकलाख डलर पाउनुस्

एक वर्षलाइ स्मार्टफोन थन्काउनुस्, एकलाख डलर पाउनुस्


हिमालयखवर संवाददाता- 
अमेरिका – मोबाइलमा जिपिएस हेरेर गाडी चलाउनुहुन्छ भने अब कागजी नक्सामा फर्किनुस् । स्मार्टफोनलाइ एक वर्षको लागि अाफूबाट अलग बनाउनुस् । यति गर्न सक्नुभयो भने तपाइले एकलाख डलर पाउनु हुनेछ ।
 
पक्कै पत्यार लागेन ? तपाइ विश्वास नगर्न पनि सक्नुहुन्छ । तर यो सत्य हो कि भिटामिन वाटरले स्मार्टफोनमा लत लागेकाहरूबीच यस्तो खालको प्रतिस्पर्धा गराउन लागेको हो । प्रतियोगितामा सहभागी हुनेले एक वर्षसम्म कुनै पनि स्मार्टफोन, ट्याबलेट हेर्न र प्रयोग गर्न पाउनेछैनन् । अाफ्ना साथी वा पति, पत्नीको स्मार्टफोन या ट्याबलेट समेत प्रयोग गर्न पाइदैन ।
 
यो प्रतियोगितामा सहभागी हुन इच्छुकले भिटामिनवाटरको ट्विटर या इन्स्टाग्राममा गएर एक वर्षको अवधिमा स्मार्टफोन, ट्याबलेटमा स्क्रोलडाउन गर्नुको बदला के गर्ने हो त्यस बारेमा लेख्नुपर्नेछ । यसैका अाधारमा प्रतियोगीहरूको छनाैट हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने जति सबैले अवसर भने पाउने छैनन् ।
 
अमेरिकामा बसोबास गर्दै अाएका, १८ वर्षभन्दा माथिकाले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने जनाइएको छ । 
 
अफिसियल कामका लागि स्मार्टफोनको प्रयोग गर्नैपर्ने व्यक्तिले यो प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैनन् । छलकपट गर्न पनि नपाइने जनाइएको छ । छलीलाइ रोक्न कम्पनीले एक प्रकारको डिटेक्टर प्रयोगमा ल्याउनेछ । 
 
प्रतियोगितामा सहभागी हुनेले झण्डै २० वर्ष पुरानो प्रविधिको मोबाइल फोन प्रयोग गर्न पाउनेछन् । जसमा कल गर्न र कल रिसिभ गर्नमात्र मिल्छ । प्रतियोगीले साथीको स्मार्टफोन या ट्याबलेट समेत प्रयोग गर्न, हेर्न पाउनेछैनन् ।
ल्यापटप र कम्प्युटर भने प्रयोग गर्न दिइनेछ ।
 
प्रतियोगितामा सहभागी भएर नाै महिनासम्म टिक्न सक्नेले १० हजार डलर पाउनेछन् । नो फोन फर अ इएर नामाकरण गरिएको यो कार्यक्रम निकै रमाइलो छ । थपमा स्मार्टफोनमा झुण्डिएर बस्नेहरूलाइ चप चुनाैतियुक्त त छँदैछ । तस्बिर: सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares