वासिङटन डिसी – पूर्ब राष्ट्रपति बाराक अोवामा बुधबार सान्टा क्लको भेषमा चिल्ड्रेन अस्पताल पुगेका छन् ।
रातो क्याप र रातै पोशाकमा पछाडी ठूलो बोराको झोला भिरेका अोवामा डिसीको नेशनल चिल्ड्रेन अस्पताल पुगेर उपहार समेत बाँडेका थिए ।
क्रिसमसको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपति ओवामा सामान्य तरिकाबाट अस्पताल पुगेका थिए । उनले त्यहाँ आफ्नी हजुरआमालाई मनपर्ने सामानहरु समेत उपहारको रुपमा बालबालिकलाई बाँडेको वासिंगटन पोष्टले जनाएको छ ।
ओवामाले बालबालिका र उनका अभिभावकलाई समेत भेटेर सान्त्वना दिएका थिए। उनले अस्पतालमा करिव ९० मिनट विताएर एउटा भिडियो सन्देश समेत दिएका थिए।तस्बिर: सामाजिक संजाल









प्रतिक्रिया