हिमालयखवर संवाददाता-
ड्यालस (टेक्सस) । नेपाली सांस्कृतिक तथा अाध्यात्मिक केन्द्रको भावी नेतृत्वका लागि अध्यक्षमा सुरेशचन्द्र पोखरेलको मात्र उम्मेदवारी परेको छ । पोखरेलको मात्र उम्मेदवारी परेका कारण निर्विरोध अध्यक्ष हुने भएका छन् ।
पोखरेल वर्तमान कार्यसमितिमा महासचिव छन् । त्यस्तै दुइ उपाध्यक्षहरूमा सुदीप अधिकारी र अच्युत थापाको मात्र उम्मेदवारी परेको छ । महासचिवमा छबी चापागाइ र कोषाध्यक्षमा शैलेन्द्र मानन्धरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमितिका सबै सदस्यहरू समेत निर्विरोध भएका छन् । वर्तमान अध्यक्ष रमेश पोखरेलले दुइ कार्यकाल अध्यक्ष भएर नेतृत्व लिइसकेका कारण नयाँ नेतृत्वका लागि अाइतबारसम्म मनोनयनपत्र दर्ता गर्न अाव्हान गरिएको थियो ।
केन्द्रको मातहतमा नेपाली मन्दिर सञ्चालन भैरहेको छ ।
त्यस्तै मन्दिरको बोर्ड अफ ट्रस्टीको अध्यक्षमा पुनः विनय अर्यालको मात्र उम्मेदवारी परेको छ । अर्याल पनि निर्विरोध अध्यक्ष हुने भएका छन् ।
त्यस्तै ट्रस्टीको उपाध्यक्षहरूमा मनोज सिग्देल र रबिन खनाल निर्विरोध भएका छन् । सचिवमा सिर्जना शर्मा पोखरेलको मात्र मनोनयय पत्र दर्ता भएको छ ।
केन्द्रको अाइतबार डाकिएको साधारण सभा गणपुरक संख्या नपुगेकोले स्थगित भएको छ । गणपुरक संख्या नपुगेकोले अर्को साधारण सभा डिसेम्बर ३० तारिक अाइतबार हुने भएको छ ।
केन्द्रको नयाँ कार्यसमितिले अाउँदो दुइवर्षभित्र युलेसमा भव्य मन्दिर निर्माण गर्ने लक्ष्य लिएको छ ।







प्रतिक्रिया