ड्यालस (टेक्सस) – एक अश्वेत बन्दुकधारीले गोली चलाउँदा अमेरिका टेक्सासको ब्रायन स्थित स्टोरमा कार्यरत एक नेपाली युवा गम्भिर घाइते भएका छन् ।
नेपालको कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष यता ब्रायन स्थित एप्पल स्टोर नामक ग्याँस स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन् । स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएका अश्वेत बन्दुकधारीले सोमबार बिहान साढे ६ बजेतिर गोली प्रहार गरेको थियो ।
मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको छ । पत्नी र एक छोरी अमेरिका आउने प्रक्रिया शुरु हुनै लाग्दा जेठारा माथि यो घटना भएको हो ।
पछिल्लो समयमा स्टोर, ग्याँस स्टेशन, लिकर स्टोरमा लुटपाट र गोली हान्ने घटना बढेको छ । एक साता अघिमात्र लुइजभिलस्थित लिकर स्टोरका मालिक भारतीय नागरिकको हत्या भएको थियो ।
प्रतिक्रिया