हर्स्ट (टेक्सस)– डिएफडब्लु श्रीकृष्ण प्रणामी हिन्दु समाजमा नयाँ नेतृत्व चयन भएको छ ।
विहीबार भएको साधारण सभाले राजु हुमागाईको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः नुरनाथ सुवेदी, सुजन खतिवडा, यम (कन्हैया) तिमिल्सिना, सुरेन्द्र अधिकारी र कविता ढकाल चयन भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरूमा दिपक ढकाल, इन्द्र पौडेल, सपना खड्का, रोजी पाण्डे, नवराज श्रेष्ठ, रुपेश खतिवडा, लालप्रसाद दंगाल र रिता खतिवडा छन् । पहिलो बार्षिकोत्सव १०८ श्री तहल किशोर महाराजजीको उपस्थितिमा भएको थियो ।
सोही साधारण सभाले दुइ वर्षका लागि बोर्ड अफ ट्रष्टीको समेत चयन गरेको छ । ट्रष्टीको अध्यक्षमा चन्द्र प्रसाइ चयन भएका छन् । त्यस्तै महासचिवमा मनोज अधिकारी, कोषाध्यक्षमा दिनेश न्याैपाने छन् भने सदस्यहरूमा कृष्णप्रसाद पौडेल, भुवन आचार्य, राजु हुमागाईं, दिनेश शर्मा, उद्दब पौडेल, बिदुर तिमिल्सिना, गौरी जोशी र आनन्द फुयाल रहेका छन् ।
मन्दिरलाइ १० हजार डलर वा यो भन्दा बढी दान गर्नेहरू बोर्ड अफ ट्रष्टीमा रहने व्यबस्था गरिएको छ ।
नेपालको चितवन, हेटौडा, काभ्रे, काठमाडौँ, झापा र पोखरा लगायतका स्थानहरूबाट अमेरिकामा अाएर स्थाई बसोबास गर्ने सनातन हिन्दु धर्म भित्रको श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायका अनुयायीहरुले ड्यालसमा मन्दिर स्थापना गरेका छन् ।
नेपाली समुदायको सहयोगमा हर्स्टमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरि विभिन्न प्रकारका धार्मिक कार्यक्रमहरू समेत गर्दै अाएका छन् ।
सन् २०१७ मा एकलाख ६८ हजार डलरमा मन्दिर भवन खरिद गरिएको छ । हालसम्म एकलाख डलर चुक्ता गरिसकिएको छ भने ६८ हजार तिर्न बाँकी छ । यसमध्य पनि ७० हजार डलर दाताहरूले दिने वचनवद्धता व्योफ गरेकाले मन्दिर ऋणबाट मुक्त हुने क्रममा छ ।
श्रीकृष्ण प्रणामी मन्दिरमा हरेक साताको शनिबार र अाइतबार महन्त श्री सन्त पौडेलबाट वयष्क तथा बालकहरूका लागि धार्मिक कक्षा संचालन हुँदै अाएको छ भने प्रत्येक महिनाको अन्तिम शनिबार धार्मिक सत्संग हुने गरेको छ ।
चन्द्र प्रसाइको स्वागत मन्तव्यबाट सुरू भएको साधारण सभामा कोषाध्यक्ष शारदा न्याैपानेबाट अार्थिक प्रतिवेदन पेश भएको थियो । त्यस अवसरमा १०८ तहलकिशोर महाराज, दिलिप शास्त्री, लीलाधर शास्त्री, एनअारएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।







प्रतिक्रिया