दमाैली, (तनहुँ)– युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले गाउँको विकासको अभियान आफैबाट सुरु गर्ने बताएका छन् ।
पछिल्लो समय गाउँमा अवसर नदेखेर बैदेशिक रोजगारमा जाने तथा शहर झर्ने प्रवृद्धि बढ्दै गएकोले त्यसको न्युनिकरणको लागि गाउँमै विकास आवश्यक रहेको जागरण अभियानका संयोजक पौडेलको भनाई छ । गाउँको विकासको लागि संयोजक पौडेलले व्यास ८ वेलथुम्कीमा घर निर्माण गर्न लागेका छन् । वेलथुम्कीमा घर निर्माण गर्ने तयारी गरेका जागरण अभियानका संयोजक पौडेलले गाउँमा अवसर नदेखेर विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै बसेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिन आफु आफ्नो गाउँमै घर निर्माण गरेर गाउँका विकासमा लाग्न लागेको बताए ।
‘अहिले बैदेशिक रोजगारी एवं विभिन्न कारणले गाउँवाट मानिसहरु शहर लगायतका स्थानमा जाने प्रचलन छ यसलाई न्युनिकरण गर्नका लागि मैले जागरण अभियान मार्फत कार्यक्रम चलाउदै छु,’ उनले भने । वुवा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँवाट विचलित मनलाई गाउँमानै सेवा र सुविधा पुर्याइ बसौं बसौं बनाइ गाउँ फर्काउने अभियानलाई साकार पार्नको लागि गाउँमा घर निर्माणसँगै गाउँमै कृषि फर्म सञ्चालन गर्न लागेको संयोजक पाैडेलको भनाई छ ।
शुक्रवार रिस्तीमा घर निर्माण गर्न पुगेको पौडेलले गाउँमा कृषि उद्यमको लागि पाँचसय रोपनी जग्गामा ठुलो कृषि फार्म सञ्चालन गर्ने तयारी गरिएको बताए। गाउँमा रोजगारी एवं उद्यमकाे अवसर नदेखेर शहरी क्षेत्र , बैदेशिक रोजगार तथा गाउँवाट वाहिर पुगेको स्थानयिलाई गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आफु विकासको अवधारण गाउँवाटै सुरु गनुपर्ने अभियानमा लागेको संयोजक पौडेलले दाबी गरे ।
"गाउँ छोडेर विदेश जाने क्रम बढेको छ गाउँमै उद्यम गरेर अार्थिक रूपान्तरण सहित गाउँको विकास गर्न सकिन्छ भन्ने उदाहरणको लागि समेत कामलाई तिब्रता दिएकाे छु" सयाेजक पाैडेलले भने । गाउँमै काम गरेर आर्थिक रुपमा सक्षम वनाउन आफु लागेको युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले दावी छ । "वुवाको गाउँवाट विचलित भै टाढा रहेको मनलाई गाउँमै फर्काएर उद्यमी वनाउने अठोट थियो त्यसलाई पुरा गर्न म लाग्छु," उनले भने ।







प्रतिक्रिया