न्यूयोर्क (अमेरिका)- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिकाले आइतबार न्यूयोर्कमा चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीको महानपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान गर्न चियापान कार्यक्रम आयोजना गरिएको समितिका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टले बताए । ‘आपसी सद्भाव, प्रेम र भाइचार अभिवृद्धिका लागी मातृपार्टीले शुरु गरेको यो परम्परालाइ प्रवासमा पनि निरन्तरता दिएका हौँ’ विष्टले भने । उनले मातृभूमीको सेवामा यथासक्य योगदान दिदै कर्मभूमीमा पनि नेपाली पहिचान विस्तार गनुपर्ने अवश्यकता औँल्याउदै भने, ‘नेपालमा लोकतन्त्रको संस्थागत विकासमा अवश्यकता अनुसार योगदान दिन तयार छौँ । तर अमेरिकी मुलधारको अर्थराजनीतिक जीवनमा पहुँच बढाउन पनि अब ढिला गर्नुहुन्न ।’
कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत अर्जुनजंगबहादुर सिंह, न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्प भट्टराइ, कांग्रेस नेताहरु हरिबोल भट्टराइ, खड्गप्रसाद प्रसाई, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जीसी, मृदुला कोइराला, प्रवासी मंचका नेताहरु संजय थापा, टेक गुरुंग, एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी लगायत विभिन्न संस्थाका प्रतीनिधिहरु र अमेरिकाको बिभिन्न राज्यबाट आएका कांग्रेस कार्यकर्ताहरुको उपस्थिति थियो ।
आगन्तुकहरुलाइ सभापति विष्ट र महासचिव मुनिन्द्र नेम्वांगले स्वगत गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिका यहाँका नेपालीहरुको सबैभन्दा ठुलो संस्था हो । जसको १९ हजार सदस्य छन् । समितिले नेपालको लोकतन्त्र र समृद्धिको पक्षमा प्रवासबाट आवाज बुलन्द पार्दै आएको छ । बिशेषगरि तत्कालिन राजा ज्ञानेन्द्रको माघ १९ को शाही कदमको विरोध र प्रजातन्त्र पुनर्वहालीको पक्षमा समितिले गरेको गतिबिधिहरुले अन्तराष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सफल भएको थियो ।







प्रतिक्रिया