लस-एन्जलस, (अमेरिका) । क्यालिफोर्नियाको लस-एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेसनको पहिलो बोर्ड बैठकले गोकुल पौडेल अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
बैठकले निर्वाचनद्वारा उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डेलाई निर्वाचित गरेको छ भने सचिवमा बिमल श्रेष्ठलाइ चयन गरेको छ । त्यस्तै सह-सचिवमा रामचन्द्र लामिछाने, कोषाध्यक्षमा भीम ढकाल र सह-कोषाध्यक्षमा सुशीला पाण्डेलाई चयन गरेको छ ।
मन्दिरको नियमित संचालन तथा व्यवस्थापनका लागि यसै साता दरखास्त आव्ह्वान गरि चयन गरिएको २१ सदस्यीय बोर्डमा १४ जना सदस्यहरू चयन भएका छन् । जसमा बासुदेब घिमिरे, डिल्ली थापा, एकदेव शर्मा, ज्ञानेन्द्र गुरुङ, गङ्गा बस्नेत, इन्दिरा त्रिपाठी, केदार पौडेल, नोग पाठक (दिपक पाठक), राजेश पाण्डे, रामेश्वर भण्डारी, सावित्रा ओली, तिलक कार्की, उपेन्द्र न्यौपाने र उपेन्द्र सापकोटा रहेका छन् ।
प्रतिक्रिया