मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालस एभरेष्ट लायन्स क्लब को आयोजनामा सडक सफाई तथा कवि गोष्टीको आयोजना गरिदै

ड्यालस एभरेष्ट लायन्स क्लब को आयोजनामा सडक सफाई तथा कवि गोष्टीको आयोजना गरिदै


ड्यालस (टेक्सास)- ड्यालस एभरेष्ट लायन्स क्लब को आयोजनामा यसै हप्ता टेक्सासको अर्भिङ्ग शहरमा दुई वटा कार्यक्रमको आयोजना हुदैछ। आगामी आइतवार (अक्टोबर २८) बिहान १० बजे नेपाली मन्दिर रहेको ग्राउलियर रोडको मन्दिर वरिपरिको आधा माइल क्षेत्रको सरसफाई गर्ने तथा अपरान्ह ३:३० बजे प्रतियोगितात्मक कबि गोष्ठीको आयोजना हुन लागेको हो। 
 
हरेक महिना जसो केहि न केहि कार्यक्रम गर्दै आएको ड्यालस एभरेष्ट लायन्स क्लब नेपालीहरुको बाक्लो बस्ति रहेको  ड्यालसका धेरै संस्थाहरु माझ अग्रणी स्थानमा पर्छ। यसले अमेरिका देखि नेपाल सम्म बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेकोछ।
 
यो हप्ता हुन लागेको कार्यक्रम मध्ये पहिलो कार्यक्रम नेपाली मन्दिर रहेको ग्राउलियर रोडको मन्दिर वरिपरिको आधा माइल क्षेत्रको सडकको सरसफाई गर्ने कार्यक्रम हो भने दोश्रो कार्यक्रम प्रतियोगितात्मक कबि गोष्ठीको आयोजना हुन लागेको हो। 
 
उक्त क्लबले भर्खरै अर्भिङ्ग सिटी संग नेपाली मन्दिर रहेको ग्राउलियर रोडको मन्दिर वरिपरिको आधा माइल क्षेत्रको सडकको सरसफाई गर्ने सम्झौता गरेको छ।उक्त कार्यक्रमको उद्घाटन अर्भिंग सिटिका मेयर रिक् स्टफ़रले गर्ने कार्यक्रम रहेको जानकारी क्लबका अध्यक्ष थलराज पन्तले गराउनु भयो। 
 
त्यसै गरि नेपाली भाषा र साहित्यको बिकासमा समेत योगदान गर्दै आएको उक्त लायन्स क्लबले यहि क्रममा आठौँ प्रतियोगितात्मक कबि गोष्ठी को आयोजना गर्न लागेको हो।  यस कार्यक्रमको संयोजन कवि शशि भट्टराईले गर्दै हुनुहुन्छ। 
 
यस प्रतियोगीतामा प्रथम हुनेले एकसय पचास डलर, द्वितीय हुनेले एकसय डलर र तृतीय हुनेले पचास डलर नगद पुरस्कार समेत प्राप्त गर्ने जानकारी क्लबले जनाएको छ। 
 
 

शेयर गर्नुहोस:

0
Shares