मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बालगायक प्रिन्सको ‘दसैँ मनाउने हो’ गीत सार्वजनिक (भिडियोसहित)

बालगायक प्रिन्सको ‘दसैँ मनाउने हो’ गीत सार्वजनिक (भिडियोसहित)


नेपालीहरुको महान् चाड बडादसैँको शुभअवसरमा पूर्वी चितवनको पर्यटकीय नगरी सौराहाका बालगायक प्रिन्स सिलवालले नयाँ गीत सार्वजनिक गरेका छन् । 
 
सिलवालले बडादसैँलाई लक्षित गरी नयाँ गीत ‘दसैँ मनाउने हो, घुम्दै रमाउने हो’ बोलको गीत बजारमा ल्याएका हुन् । दसैँको अवसरमा बालबालिकालाई रमाइलो होस् भन्ने उद्देश्यले गीत बजारमा ल्याएको उनका बुबा रमेश सिलवालले हिमालय खबरलाई बताए । 
 
रमेश पाठकको शब्द रहेको सो गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । बालगायक प्रिन्सलाई बालगायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् ।
 
प्रिन्सले यसअघि ‘न मानामा नापिन्छ माया’ बोलको गीत रेकर्ड गरेका छन् । तर, बजारमा आउन बाँकी रहेको बुबा सिलवालले बताए । 
 
दसैँको अवसर भएकाले आफूले उनको दसैँ मनाउने हो बोलको गीतलाई प्राथमिकता दिएर बजारमा ल्याएकोसंगीतकार रमेश पाठकले बताए।
 
सो गीतको निर्देशन बुद्ध लामाले गरेका छन् । उक्त गीतको भिडियो काठमाडौँको स्वयम्भु र फुटुङ आसपासका क्षेत्रमा दिपेन्द्र भट्टले छायांकन गरेका हुन् । 
 
यसैबीच, राष्ट्रिय संगीतकर्मी संघको आयोजना एवम् शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा बडादसैँ शुभकामना तथा सम्मान साँझ २०७५ बाट बालगायक प्रिन्स सम्मानित भएका छन् । कृषि मन्त्री चक्रपाणि खनालले एक समारोहबीच उनलाई सम्मान गरेका हुन् । 

शेयर गर्नुहोस:

0
Shares