मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सत्य स्वरुप पहिलो पटक लसएन्जल्समा (भिडियो सहित)

सत्य स्वरुप पहिलो पटक लसएन्जल्समा (भिडियो सहित)


एञ्जलस (अमेरिका)- अमेरिकाको सांगीतिक यात्रामा रहनुभएका गायकद्वय सत्यराज आचार्य तथा स्वरुपराज  आचार्यले लस एञ्जलसमा समेत आफ्नो प्रस्तुति दिने भएका छन् ।
 
लस एञ्जलस हिमालयन लायन्स क्लब तथा नेपाल  अमेरिका एकता समाजको संयुक्त आयोजनामा "सत्य-स्वरुप सांगीतिक साँझ " कार्यक्रम यहि सेप्टेम्बर  २८ तारिख शुक्रबार आयोजना गर्न लागिएको हो।
 
लस एञ्जलस आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा आयोजना हुने  सांगीतिक साँझ कार्यक्रममा  सबैलाई आमन्त्रण गर्दै आयोजक  र सत्यस्वरुपले सम्पुर्ण लसएन्जल्स बासीहरुलाई चुल्हो निम्तो गरेका छन् ।
 
झन्डै एक महिना  देखि  दाजुभाईको यो जोडीले (सत्य र स्वरुपराज  आचार्य) अमेरिकाका विभिन्न राज्यहरुमा आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै आएका छन् र लसएन्जल्समा पनि पहिलो पटक सागितिक प्रस्तुति दिने भएका छन् ।

शेयर गर्नुहोस:

0
Shares