राजनीति-समाज

कानुनमन्त्री तामाङको राजिनामा स्वीकृत, कानुन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलार्इ

कानुनमन्त्री तामाङको राजिनामा स्वीकृत, कानुन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलार्इ

श्रावण ८ काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले दिएको राजिनामा स्वीकृत भएको छ। योसँगै कानुन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ दिइएको छ।
 
मंगलबारका तामाङले दिएको राजिनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङले समाल्दै आएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली सम्हाल्ने गरी तोकेकी हुन्।