एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘वि’ को पहिलो खेलमा इरानले जित हात पारेको छ । इरानले मोरक्कोमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको हो ।
रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा मोरक्कोका अजिज बौहाडौजले आत्मघाति गोल गरेपछि इरानले अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो ।
थप गरिएको अत्तिरिक्त समयमा मोरक्कोका अजिजले आत्मघाति गोल गर्न पुगे । उनले हेडबाट गोल बचाउने क्रममा गोल गर्न पुगेका थिए ।
निकै आक्रमक खेल खेलेका दुबै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग भने गर्न सकेनन् । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा बराबरी खेलेको मोरक्को र इरानले दोस्रो हाफमा पनि गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए ।
सुरुवातीदेखि नै बल नियन्त्रणमा लिए पनि मोरक्कोले गोल गर्न भने सकेन । जित हात पारेको इरानको ३ अंक भएको छ ।
४-४ पटक विश्वकप खेलेका मोरक्को र इरान पहिलोपटक आमने-सामने भएका हुन् । यसअघि सन् १९९८ फ्रान्समा आयोजना गरेको विश्वकपमा दुवै टिम सहभागी भए पनि छुट्टाछुट्टै समुहमा रहेका कारण भेट भने भएको थिएन ।
१९९८ मा मोरक्को समूह ‘ए’ मा थियो भने इरान समूह ‘एच’ मा थियो । त्यतिबेला दुवै टिम समूह चरणबाटै बाहिरिएका थिए ।






प्रतिक्रिया