मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप छनौट : नेपालसँग युएई ५ विकेटले पराजित

विश्वकप छनौट : नेपालसँग युएई ५ विकेटले पराजित


काठमाडौं । इंग्ल्यान्डमा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि छनौट प्रतियोगिताअन्तरगत मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । जिम्बाबेमा फागुन २० देखि सुरु हुने छनोट प्रतियोगिता सुरू हुनुअघि नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । 
 
जिम्बावेमा यएईले दिएको १७२ रनको लक्ष्य नेपालले २८।२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपाललाई जिताउन शरद भेषवाकरले नटआउट ४१, आरिफ शेखले नटआउट २३ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ४१, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले १२, अनिल कुमार शाहले ११ र दिलिप नाथले ४ रन बनाए । युएईका आमिर हायतले २ र मोहम्मद नाभिद, अहमेद राजा र रोहन मुस्ताफाले समान एक/एक विकेट लिए ।
यसअघि वर्षाले २९ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको युईले २८.५ ओभरमा अलआउट हुँदै १७१ रन जोडेको थियो । उसका व्याट्सम्यान असफक अहमदले सर्वाधिक ४२ रन बनाए । नेपालका ललित सिंह भण्डारीले ४, करण केसीले ३ र ललित राजवंशीले २ र कप्तान पारस खड्काले एक विकेट लिए ।
 
दुई साताको फरकमा नेपालले युएईसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो । नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हार व्यहोरेको थियो ।
 
प्रतियोगिताको दोस्रो अभ्यास खेल नेपालले फागुन १७ गते हङकङसँग खेल्नेछ । विश्वकप छनौट प्रतियोगितामा नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछ ।
 
प्रतियोगिताअन्तर्गत समूह ‘बि’ मा रहेको नेपालले अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
 
नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेबिरुद्द खेल्दैछ । यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ गते स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ गते अफगानिस्तान र फागुन २८ गते हङकङको सामना गर्नेछ ।

शेयर गर्नुहोस:

0
Shares