मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छानिने, संसदमा एमालेको अवरोध

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छानिने, संसदमा एमालेको अवरोध


काठमाडौँ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबारदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छन् ।  
 
राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न पुनः आग्रह गरेकी हुन् । 
 
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गरेका हुन् । 
 
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’
 
एमालेको अवरोधले संसद् चलेन
 
व्यवस्थापिका–संसद्को बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । 
 
भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । 
 
एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा ९माओवादी केन्द्र०का रामनारायण बिँडारीले बोल्न समय माग गरे पनि उनले बोल्न पाएनन् । 
 
विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरिन् । 
 
स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएको भन्दै पुनः मतदान नगराई मतगणना जारी राख्नुपर्ने एमालेको माग छ । 
 
बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । रासस

शेयर गर्नुहोस:

0
Shares