मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

परिवारसँग सम्पर्कविहीन लक्ष्मण १८ वर्षपछि घर फर्किए

परिवारसँग सम्पर्कविहीन लक्ष्मण १८ वर्षपछि घर फर्किए


नुवाकोट । चारघरेका लक्ष्मण भट्ट हराएको १८ वर्षपछि घर फर्किएका छन् । विसं २०५६ देखि परिवारसँग सम्पर्कविहीन भएका विदुर नगरपालिका–१२ साविकको चारघरे–४ का भट्ट विवाह गरी श्रीमती र एक छोरी लिएर १८ वर्षपछि घर फर्किएका छन् । 
 
लामो समयपछि घर फर्किएका भट्टले मेघालय (भारत)मा रहेको कोइला खानीमा काम गर्दा पत्र पठाउन नपाएको र मोबाइलसमेत बोक्ने चलन नहुँदा सम्पर्क गर्न नसकेको बताए । सशस्त्र द्वन्द्वका समयमा घरबाट हराएका ३८ वर्षीय भट्टलाई परिवारले जीवित पाउने आश गुमाइसकेको समयमा नौ वर्षकी छोरी र भारतीय मूलकी श्रीमती लिएर घर फर्केको उहाँका दाजु रामलाल भट्टले जानकारी दिए ।
 
‘मुलुकमा सशस्त्र द्वन्द्व भइरहेको समयमा घरमा बस्ने वातावरण नै थिएन’– लक्ष्मणसँगै जुम्ल्याहा दाजु रामलालले भने, ‘सुरक्षाकर्मीले दुःख दिन थालेपछि सम्पर्कविहीन भएको भाइको आश नै गुमाएका थियौँ, अहिले फर्कदा खुसी लागेको छ ।’ तत्कालीन माओवादी जनसेनासमेत भएका रामलालले भाइको खोजी गर्न स्थानीय शान्ति समिति, रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइसीआरसी)मा समेत निवेदन दिएका थिए ।
 
सात दाजुभाइको पाँचौँ भाइ लक्ष्मणले बुबा वेदप्रसाद भट्टको विसं २०६८ मा मृत्यु भए पनि गाउँ आएपछि मात्र थाहा पाएको बताए । घरमा आएर सुरक्षाकर्मीले दुःख दिन थालेपछि भागेर मेघालय (भारत) पुगेको लक्ष्मणले बताउँदै लामो समयपछि फर्किएका उनले अब घरमै बसेर खेती किसान गर्ने योजना बनाएका छन् । रासस