इटाली (२४ अगस्त / एएफपी) । इटालीमा शक्तिशाली भूकम्प गएको खबर छ । सो भूकम्पमा परी कम्तीमा १५९ जनाको ज्यान गएको छ ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ ।
यस भागाभागमा परी केही व्यक्ति घाइते पनि भएका छन् । यस भूकम्पको यकिन तथ्यांक आउन सकेको छैन । इटालीका दुर्गम गाउँहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउँमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।
भूकम्पको धक्का निकै नै शक्तिशाली मापन गरिएको छ । सो धक्काका कारण ठूलै जनधनको क्षतिको अनुमान गरिएको छ– इटालीको नागरिक संरक्षण सेवा विभागका प्रमुख फ्यार्जियो क्रुसोले जानकारी दिए ।
यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजीवन त्रसित भएको बताइएको छ ।
थप अपडेट यहाँ पढ्नुहोस् । >>>
प्रतिक्रिया