मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इटालीमा ६.२ रिक्टरको शक्तिशाली भूकम्प

इटालीमा ६.२ रिक्टरको शक्तिशाली भूकम्प


इटाली (२४ अगस्त / एएफपी इटालीमा शक्तिशाली भूकम्प गएको खबर छ । सो भूकम्पमा परी कम्तीमा १५९ जनाको ज्यान गएको छ । 
 
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । 
 
यस भागाभागमा परी केही व्यक्ति घाइते पनि भएका छन् । यस भूकम्पको यकिन तथ्यांक आउन सकेको छैन । इटालीका दुर्गम गाउँहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । 
 
भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउँमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । 
 
भूकम्पको धक्का निकै नै शक्तिशाली मापन गरिएको छ । सो धक्काका कारण ठूलै जनधनको क्षतिको अनुमान गरिएको छ– इटालीको नागरिक संरक्षण सेवा विभागका प्रमुख फ्यार्जियो क्रुसोले जानकारी दिए । 
 
यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजीवन त्रसित भएको बताइएको छ । 
 
थप अपडेट यहाँ पढ्नुहोस् । >>>