बाका (जोर्डन) । जोर्डनी गुप्तचर संस्थाको बाकामा अवस्थित कार्यालयमा कार्यरत पाँच गुप्तचर कर्मचारीको एक जना बन्दुकधारीले हत्या गरेका छन् ।
जोर्डनको राजधानी अमानबाट उत्तरमा अवस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा उक्त बन्दुकधारीले आफ्नो स्वचालित हतियारद्वारा सोमबार बिहानै ७ बजे गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको जोर्डन सरकारका प्रवक्ता मोहमद मोमानीले बताउनुभयो ।
मोमानीले जोर्डनको सुरक्षाकर्मीले बन्दुक शिविरभित्रैबाट आई आक्रमण गरेको वा अन्यत्रबाट आएको भन्ने विषयमा अनुसन्धानलाई अगाडि बढाएको बताउनुभयो ।
जोर्डन इस्लामिक स्टेट (आईएस) समूहमाथि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा जिहादी विद्रोहीविरुद्ध चलाएको कारबाहीमा सक्रिय रहँदै आएको छ । आईएस स्रोतका अनुसार करिब चार हजार जोर्डन नागरिक इराक तथा सिरियाको जिहादी समूहमा आवद्ध रहेका छन् । विभिन्न कारबाहीमा करिब ४२० विद्रोहीको मृत्यु भइसकेको छ ।
जोर्डनले सिरियाली आईएस विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण चलाउँदै आएको छ । एएफपी
प्रतिक्रिया