मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आतङ्ककारी हमलामा पाँच जोर्डनी गुप्तचर कर्मचारीको मृत्यु

आतङ्ककारी हमलामा पाँच जोर्डनी गुप्तचर कर्मचारीको मृत्यु


बाका (जोर्डन) । जोर्डनी गुप्तचर संस्थाको बाकामा अवस्थित कार्यालयमा कार्यरत पाँच  गुप्तचर कर्मचारीको एक जना बन्दुकधारीले हत्या गरेका छन् । 
 
जोर्डनको राजधानी अमानबाट उत्तरमा अवस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा उक्त बन्दुकधारीले आफ्नो स्वचालित हतियारद्वारा सोमबार बिहानै ७ बजे गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको जोर्डन सरकारका प्रवक्ता मोहमद मोमानीले बताउनुभयो । 
 
मोमानीले जोर्डनको सुरक्षाकर्मीले बन्दुक शिविरभित्रैबाट आई आक्रमण गरेको वा अन्यत्रबाट आएको भन्ने विषयमा अनुसन्धानलाई अगाडि बढाएको बताउनुभयो । 
 
जोर्डन इस्लामिक स्टेट (आईएस) समूहमाथि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा जिहादी विद्रोहीविरुद्ध चलाएको कारबाहीमा सक्रिय रहँदै आएको छ । आईएस स्रोतका अनुसार करिब चार हजार जोर्डन नागरिक इराक तथा सिरियाको जिहादी समूहमा आवद्ध रहेका छन् । विभिन्न कारबाहीमा करिब ४२० विद्रोहीको मृत्यु भइसकेको छ । 
 
जोर्डनले सिरियाली आईएस विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण चलाउँदै आएको छ । एएफपी