मुग्लिन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार बिहान खसेको पहिरोका कारण पुनः अवरुद्ध हुन पुगेको छ ।
उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँचकिलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ । सोमबार राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ः३० बजे खुलाइएकामा बिहान ६ः४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।
प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना५ख ३८६२ नंको बसलाई पहिरोबाट निकालिएको थियो ।
सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । रासस






प्रतिक्रिया