मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपालका अनाथ बालबालिकाको सेबामा समर्पित सीएनएन हिरो २०१५ (भिडियो सहित)

नेपालका अनाथ बालबालिकाको सेबामा समर्पित सीएनएन हिरो २०१५ (भिडियो सहित)


नेपालमा अनाथ बालबालिकाको पालन पोषण, शिक्षा दिक्षा, स्वास्थ्य केन्द्र र महिला केन्द्र चलाइरहेकी अमेरिकी  युवती म्यागी डोयन सिएनएन हिरो २०१५ बनेकी छन्।
 
यसअघि नेपालबाट अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो बनिसकेका छन्। 
 
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले हिजो मंगलबार राति अन्तिम नतिजा सार्वजनिक गर्दै उनलाई सीएनएन हिरो–२०१५ घोषणा गरेको हो । 
अन्तिम १० छनोटमा परेका प्रतिस्पर्धीमध्ये भोटिङका आधारमा डोयन सिएनएन हिरो घोषित भएकी हुन् । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् । 
 
अमेरिकाको न्यूजर्सीकी २९ वर्षिया डोयन म्यागी सीएनएन हिरो बन्न सफल भएपछि सुर्खेतीहरुले खुशीयाली मनाएका छन् । उनले सञ्चालन गरेको विद्यालय कोपिला भ्यालीमा अध्ययनरत अनाथ बालबालिकाहरुले म्यागीको विजयले आफूहरुको भविष्य थप उज्वल हुने भन्दै खुशीयाली मनाउन थालेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares