नेपालमा अनाथ बालबालिकाको पालन पोषण, शिक्षा दिक्षा, स्वास्थ्य केन्द्र र महिला केन्द्र चलाइरहेकी अमेरिकी युवती म्यागी डोयन सिएनएन हिरो २०१५ बनेकी छन्।
यसअघि नेपालबाट अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो बनिसकेका छन्।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले हिजो मंगलबार राति अन्तिम नतिजा सार्वजनिक गर्दै उनलाई सीएनएन हिरो–२०१५ घोषणा गरेको हो ।

अन्तिम १० छनोटमा परेका प्रतिस्पर्धीमध्ये भोटिङका आधारमा डोयन सिएनएन हिरो घोषित भएकी हुन् । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् ।
अमेरिकाको न्यूजर्सीकी २९ वर्षिया डोयन म्यागी सीएनएन हिरो बन्न सफल भएपछि सुर्खेतीहरुले खुशीयाली मनाएका छन् । उनले सञ्चालन गरेको विद्यालय कोपिला भ्यालीमा अध्ययनरत अनाथ बालबालिकाहरुले म्यागीको विजयले आफूहरुको भविष्य थप उज्वल हुने भन्दै खुशीयाली मनाउन थालेका छन् ।
प्रतिक्रिया