मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्व लिग च्याम्पियनसिपमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै

विश्व लिग च्याम्पियनसिपमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै


काठमाडौँ, १३ साउन – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल आज बुधबार स्कटल्याण्डसँग भिड्दै छ। 
 
खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा हुनेछ। आयरल्याण्ड र स्कटल्याण्डमा भएको टी-ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टोली यो खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो साख जोगाउने तयारीमा छ। 
 
टी-ट्वेन्टी विश्वकप छनौटमा अमेरिकालाई ६ विकेटले हराउनु बाहेक नेपालले राम्रो प्रदर्शन गर्न सकेन।
 
प्रतियोगितामा नेपाल र स्कटल्याण्ड फरक फरक समुहमा रहेकाले खेल भएको थिएन। स्कटल्याण्ड भने अर्को वर्ष भारतमा हुने टी-ट्वेन्टी विश्कपका लागि छनौट मात्रै भएन नेरदल्याण्डसँगै संयुक्त रुपमा प्रतियोगिताको विजेता पनि बन्यो। 
 
१४ देश सहभागी प्रतियोगितामा १३ औं भएको नेपालका लागि बुधबारको खेल त्यती सहज छैन। तर यो खेल जित्दै निराशाजनक बनेको युरोप भ्रमणलाई केही भएपनि उपलब्धी मुलक बनाउने नेपाली टिमका लागि अन्तिम अवसर हो। 
 
टी-ट्वेन्टी विश्वकप छनौटमा राम्रो प्रदर्शन नगरेका ब्याट्सम्यानद्वय सुवास खकुरेल र विनोद भण्डारी स्कटल्याण्ड विरुद्धको खेलमा हुने छैनन्।