न्युयोर्क- न्युयोर्कमा नेपाली समदायको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिकाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताले रगत दिएका थिए । सो कार्यक्रमका लागि न्युयोर्कका विभिन्न संघसंस्थाहरुले सहयोग गरेको ब्लड डोनस अफ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार झण्डै एक महिनादेखिको अग्रसरता तथा तयारीका कारण नेपाली तथा अन्य समुदायका मानिसहरुको उल्लेख्य उपश्थितीमा रक्तदान कार्यक्रम सफल हुन सकेको हो ।
गत आइतवार न्युयोर्कको ज्याक्सन मार्केटको सभाहलमा भएको कार्यक्रममा नेपाली समुदायका अगुवा तथा न्युयोर्क आसपासका राज्यहरुबाटपनि मानिसहरु आएका थिए । न्युयोर्क ब्लड सेन्टरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने आयोजक सँस्थाका अध्यक्ष आचार्यले जनाउनु भयो ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र गरिनुकासाथै रक्तदानको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मानपनि गरिएको थियो ।












प्रतिक्रिया