नेपाली तथा दक्षिण एसीयाली समुदायमा अगुवाको रुपमा परिचय बनाएका सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभाका लागि प्रतिष्पर्धा गर्दैछन । न्युयोर्कको क्वीन्स स्थित जिल्ला ३० बाट राज्य सभाको लागि हुने प्रारम्भिक निर्वाचनको लागि आफ्नो अभियान तिव्र बनाएका छन । डोमोक्रयाट पार्टीको तर्फबाट हुने आगामी जुन २३ मा हुने प्राइमरी इलेक्सनमा घिमिरेले प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।
डेमोक्रयाटीकहरुको बाहुल्य रहेको सो क्षेत्रमा यदि प्राइमरीमा निर्वाचित भए उनको राज्यसभाको निर्वचनमा उनी सजिलै निर्वाचित दावी गरीएको छ । विशेषगरी दक्षिण एसीयाली समुदायको बाक्लो बसोबास रहेको सो क्षेत्रमा प्राइमरी निर्वाचनको लागि सा क्षेत्रका बासीन्दाको सहयोग र साथको जरुरी हुँदा प्रचार प्रसार व्यापक पारीएको छ । न्युयोर्कको क्वीन्सको डिष्ट्रक ३० अन्तर्गत वुडसाइड, ज्याक्सन हाईट्स, मेसपेथ, एलम्हष्ट, मिडेल भिलेज इन क्वीन्स अन्तर्गतका स्थानहरु पर्दछन । सो क्षेत्रका सामाजिक अभियन्ता तथा मतदाताहरुसंग निरन्तर सम्पर्कमा रहेको र उनीहरुको आस्वासनले आफु उत्साहित भएको घिमिरेले जनाएका छन ।
आगमी जुन २३ मा हुने प्राइमरी निर्वाचनको लागि जुन १३ देखि २१ देखि अग्रिम निर्वाचन हुनेछ । यसकालागि विभिन्न समुदायका अगुवाहरुसंगको अन्तक्रिया जारी रहेको तथा दक्षिण एसीयाली समुदायसंगको भेटघाट तिब्र पारीएको घिमिरेका सहयोगी राजु रौनियारले जनाएका छन । दक्षिण एसीयालीमात्र नभै ल्याटीन अमेरिकी आप्रवासी तथा स्वेत र अस्वेत अमेरिकीहरुपनि घिमिरेको पक्षमा उत्साहीत रहेको रौनियारको दावी छ । डिष्ट्रक ३० मा नेपाली समुदायकोपनि उल्लेख्य उपश्थिीती रहेको कारण घिमिरेको जितको लागि सबैले सहयोग गर्नुपर्ने रौनियारको जिकिर छ ।
दुई दशकभन्दा लामो समयदेखि न्युयोर्कका यी क्षेत्रमा सामाजिक कार्यहरुमा सक्रिय रहेको तथा कोभिडका बेलापनि समुदायको हितमा प्रभावकारी कार्य गरेको हुंदापनि यो क्षेत्रका बासिन्दामाझ आफु परिचित रहेको घिमिरेले दावी गरेका छन ।












प्रतिक्रिया