मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

बोस्टनमा महाशिवरात्री विशेष कार्यक्रम सम्पन्न, १७ हजार डलर आर्थिक सहयोग सङ्कलन

बोस्टनमा महाशिवरात्री विशेष कार्यक्रम सम्पन्न, १७ हजार डलर आर्थिक सहयोग सङ्कलन

श्रद्धालु भक्तजनहरुको घुइचो लाग्यो, मन्दिर बन्यो शिवमय


  • महाशिवरात्री विशेष अखण्ड धार्मिक क्रियाकलाहरु ।
  • १७ हजार डलर आर्थिक सहयोग सङ्कलन।
  • भक्तजनहरुको उल्लेखनीय सहभागिता।
  • शिवमय बन्यो मन्दिर।
  • हिन्दू धर्मप्रति आकर्षण र आस्था बढेको विश्वास। 

अमेरिका, बोस्टन। हिन्दू धर्मावलम्बीहरुको विशेष धार्मिक पर्व हो शिवरात्रि। हिन्दू धार्मिक ग्रन्थ अनुसार नयाँ चन्द्रमा उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ। जस अनुसार, वर्षमा १२ वटा शिवरात्रि पर्दछन्। नेपाली पात्रो अनुसार फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिलाई विशेष शिवरात्रि मानिन्छ। जसलाई ‘महाशिवरात्री’ भनिन्छ।

Advertisement

यस दिन हिन्दू धर्मावलम्बीहरुले आफ्नो आराध्य देव ‘महादेव’को विशेष पूजा, पाठ, प्रार्थना तथा आराधना गरेर महादेवको स्तुति गान गाउने गर्दछन्। नेपाली पात्रो अनुसार यस वर्षको महाशिवरात्री हिजो फागुन ३ गते तदनुसार मार्च १५ तारिख आइतवार परेको थियो। यस दिन विश्व भर छरिएर रहेका महादेवलाई आफ्नो इष्टदेवता मान्ने हिन्दूहरुले विशेष धार्मिक गरिविधिहरु गरेर ‘महाशिवरात्री’ भव्यताका साथ मनाए।

यसै सिलसिलामा, अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हिजो फेब्रुअरी १५,२०२६ आइतवारका दिन महादेव केन्द्रित विविध धार्मिक क्रियाकलापहरु गरेर ‘महाशिवरात्री’ भव्यताका साथ मनाइयो । महाशिवरात्रीलाई विशेष रुपमा मनाउन बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याब्फोन)ले विशेष कार्यक्रमको आयोजना गरेको थियो। भक्तजनहरुका लागि विहान ८ बजेदेखि नै मन्दिर खुला गरी दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिएको थियो।

मन्दिरको दर्शन गर्न र विविध धार्मिक क्रियाकलापहरुमा सहभागी भइ महादेवको पूजा, पाठ, प्रार्थना, अर्चना, आराधना आदि गर्न मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइचो नै लागेको थियो। अखण्ड धार्मिक क्रियाकलापहरु अन्तर्गत शोस्ति वाचन, रुद्र अभिशेक (रुद्री पाठ), चण्डि पाठ, पण्च पाठ, वेद पाठ, शिव पुराण, जप, महामृत्युन्जय, स्तोत्र पाठ, महादेवलाई जल अभिषेक, महाशिवरात्री व्रत पूजा, आरति, अखण्ड किर्तन, भजनकीर्तन, महाप्रसाद आदि धार्मिक क्रियाकलापहरु सम्पन्न गरिएको थियो। भगवान शिव केन्द्रित ति विविध धार्मिक क्रियाकलापहरुका कारण मन्दिर शिवमय बन्न पुगेको थियो।

कार्यक्रमका सम्बन्धमा प्रतिक्रिया दिदै प्याब्फोन कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले भगवान शिव विशेष विविध धार्मिक क्रियाकलापहरु गरेर ‘महाशिवरात्री’ भव्यताका साथ मनाइएको बताए। उल्लेखनीय श्रध्दालु भक्तजनहरुको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले महाशिवरात्री विशेष कार्यक्रम योजना र उद्देश्य अनुसार चुस्त, दुरुस्त, प्रभावकारी र उपलब्धिमूलक भएर नै सम्पन्न भएको दावी गरे। अध्यक्ष घिमिरेले कार्यक्रमको दौरानमा भक्तजनहरु तथा दाताहरुबाट १७ हजार डलर हाराहारी दान स्वरुप आर्थिक सहयोग सङ्कलन भएको जानकारी दिए। उनले महाशिवरात्रीलाई भव्यताका साथ सम्पन्न गर्न अहम भूमिका खेल्ने पण्डितहरु, कार्यसमिति, विभिन्न समिति, दाताहरु, कलाकारहरु, संघ संस्थाहरु, स्वयंसेवकहरु, भक्तजनहरु लगायत साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

धार्मिक गतिविधिहरु सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्दिरका पूजारी पण्डित गोकुल कंडेलले वैदिक शास्त्रले बताए अनुसार नै ‘भगवान शिव’को विशेष पूजा सम्पन्न गरिएको बताए। पण्डित कंडेलले महाशिवरात्री अन्तर्गत गरिएका हरेक धार्मिक क्रियाकलापहरु हरसम्भव वैदिक विधि अनुसार सम्पन्न गरिएको दावी गर्दै उक्त क्रियाकलापहरु गर्ने अवसर प्राप्त भएकोमा निकै खुशी व्यक्त गरे। उनले धार्मिक क्रियाकलापहरु विधिवत् रुपमा सम्पन्न गर्न साथ दिने पण्डितहरुको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। प्रवासमा रहेका हिन्दू धर्मावलम्बीहरुमा आफ्नो धर्मप्रति आकर्षण र आस्था बढ्दै गएको जनाउदै पण्डित कंडेलले आगामी दिनमा अझ प्रभावकारी धार्मिक गतिविधिहरु गरिनु पर्नेमा जोड दिए।

पण्डित कंडेलले जानकारी दिए अनुसार आयोजित महाशिवरात्री विशेष कार्यक्रम अन्तर्गत भगवान शिव विशेष विधिवत् पूजापाठ, ध्यान, जप, आराधनलगायत धार्मिक गतिविधिहरु मार्च १५, २०२६ आइतवार विहान ८ बजेबाट सुरु गरेर भोलिपल्ट मार्च १६, २०२६ सोमवार बिहान सम्पन्न गरिएको थियो ।

शेयर गर्नुहोस:

2.4k
Shares