मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

मन्दिर निर्माणस्थलको भूमि शुद्ध गर्न पूजा

मन्दिर निर्माणस्थलको भूमि शुद्ध गर्न पूजा


ड्यालस (अमेरिका) । टेक्ससको युलेसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले मन्दिर तथा बिहार निर्माणस्थलमा आउँदो शनिबार भूमि शुद्धि पूजा गर्ने भएको छ ।

पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार रहने स्थानको भूमिमा कुनै दोष देखिएमा त्यसलाई निराकरण गर्नका निम्ति भूमिशोधन पूजा गर्नुपर्ने धार्मिक मान्यता अनुसार गर्न लागिएको हो । आउँदो फेब्रुवरी १४ तारिक शनिबार बिहान ११ बजे हुने भूमिशोधन पूजामा सहभागी हुनका लागि केन्द्रले हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुमा अनुरोध गरेको छ ।

Advertisement

उक्त पूजा पछि जमिनमा औपचारिक रुपमा मन्दिर तथा बिहारको निर्माण सुरु हुनेछ । केन्द्रले पहिलो चरणमा बौद्ध बिहारको निर्माण थाल्ने तयारी गरेको छ । बिहारको लागत मन्दिरको भन्दा केही कम रहेको जनाइएको छ ।

शेयर गर्नुहोस:

351
Shares