मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

विदेशमा पिआर लिनेभन्दा ठेलागाडामा चटपटे बेच्ने नेपाली महान् : रामकुमार झाँक्री

विदेशमा पिआर लिनेभन्दा ठेलागाडामा चटपटे बेच्ने नेपाली महान् : रामकुमार झाँक्री


काठमाडौँ । राजनीति पार्टी अदलबदल गर्दै पुनः नेकपा एमालेवाट यसपटक राष्ट्रिय सभा सांसद् भएकी रामकुमार झाँक्रीले विदेशमा बस्ने नेपालीप्रति तीव्र आक्रोश पोखिकी छन् । अमेरिका-युरोपमा काम गर्ने पिआर, लिनेभन्दा त ठेलागाडामा चटपटे बिक्री गर्ने व्यक्ति महान् भएको उनले बताएकी छन् ।

विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाउनुपर्ने माग गरिरहेको बेला झाँक्रीले यस्तो माग गर्नै नहुने तर्क गरेकी छन् । यस्तो माग डरलाग्दो भएको उनको दाबी छ ।

Advertisement

गुल्मी २ मा एमाले उमेदवार गोकर्ण विष्टको चुनावी अभियानमा उनले उक्त ओक्रोश व्यक्त गरेकी हुन् । उनको यो भाषण सामाजिक सञ्जालमा आएपछि त्यहाँ कयौँले उनीको बुझाई र सोचप्रति तिखा टिप्पणी पनि गरेका छन् । उनको भाषणको भिडियोमा प्रतिक्रिया दिँदै हरि थापाले यसले गर्दा एमालेको भोट स्वाहा बनाउने भई लेखेका छन् । अर्कोले प्रतिक्रिया दिँदै हामीले रेमिट्यान्स नगर्ने हो भने खाने ठाउँ बन्द त हुन्छ, हुन्छ हग्ने ठाउँदेखि हावाभन्दा अरु आउँदैन भनेका छन् ।

स्नोम्यानका नाममा आएको अर्को प्रतिक्रियामा एमालेलाई कमजारे बनाउने भाषण देशको एक हाई जनसंख्या प्रवासमा छ भन्ने कुरा किन नसोचेको भनेका छन् ।

मुन क्षेत्री समाजिक सञ्जालमा लेख्छन्– यिनीहरुलाई थाहा छ, विदेशवाट भोट हाल्ने हो भने यिनीहरु विस्थापित हुन्छन्, अवसरवादी ‘नो नट अगेन’ भनेका छन् ।

विदेशमा बस्ने नेपाली जसले आवश्यकताका कारण विदेश नागरिकता लिएका छन्, उनीहरुको बंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिरहेको नागरिकता खोई अभियानले पनि रामकुमार झाँक्रीको भनाइप्रति आपत्ति जनाएको छ ।

नागरिकता खोई अभियानका वासुदेव घिमिरे भन्छन्, ‘झाँक्रीजस्ता नेताको चेतनास्तर ठेलागाडा चलाउनेभन्दा माथिल्लोस्तरमा जनता नपुगुन भन्ने छ, यस्तो सोचले नै युवा विद्रोह भएको हो, उनले बोलेका कुनै पनि कुरा पनि तर्कसङ्गत छैनन् ।’

गुल्मी झाँक्रीको गृहजिल्ला पनि हो । त्यस जिल्लाका हजारौँ नेपाली आर्थिक उर्पाजनका लागि विदेशमा छन् । विदेशमा रेस्टुरेन्ट चलाउनेदेखि विश्वविद्यालयमा पठाउनेसम्मका गुल्मेली विदेशमा काम गर्छन् र देशमा पैसा पठाउँछन् ।

‘झाँक्रीजस्ता देशको आर्थिक विकासविरोधीलाई त्यहाँका जनताले नै वहिष्कार गर्छन्’, घिमिरे भन्छन्, ‘यो भाषणले विष्टको भोट बढ्दैन घटाउने पक्का छ ।
यस्तो भाषण गर्नेलाई पटक–पटक समय थप्दा पनि नारायणघाट–बुटवल सडक किन बनिसकिएको छैन भन्ने प्रश्न कति वर्ष सास्ती भोगेर यात्रा गर्नुपर्ने हो भनेर प्रश्न गर्नुपर्छ ।’

यो चुनावले नै हो झाँक्री जस्तालाई देशको राजनीतिमा असान्दर्भिक बनाउने घिमिरेले भने, ‘यसलाई विदेशमा बस्नेले अवसरका रुपमा लिँदा हुन्छ ।’

केही दिनअघि गुल्मीकै अर्का एमाले नेता तथा उम्मेदवार प्रदीप ज्ञवालीले विदेशमा भएका छोराछोरीले देशमा भएका बाआमालाई फोन गरेर रास्वपामा भोट हाल्न ब्याकमेलिङ गरेको अभिव्यक्ति दिएका थिए । ज्ञवालीको यो भनाई प्रति पनि विदेशमा बस्ने नेपालीले आफूलाई अपमानित गरेको रुपमा लिएका थिए ।

झाँक्रीले केहीअघि विदेशमा बस्ने नेपालीहरुको एक कार्यक्रममा विदेशमा बस्ने नेपालीलाई गाली गरेकी थिइन् । त्यसपछि उनीप्रतिको समर्थन घट्दै गएको थियो । एमालेमा पुनः छिरेर झाँक्री केही कार्यकर्ताको भोटबाट अहिले राष्ट्रिय सभामा पुगेकी छन् ।

शेयर गर्नुहोस:

297
Shares