मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

यो चुनावमा कार्यकर्ता भर्सेज समर्थक

यो चुनावमा कार्यकर्ता भर्सेज समर्थक


पार्टी कार्यकर्तावाट चुनाव जितिने समय सकिएको छ । उम्मेदवारका समर्थकहरु जित हारको निर्णायक बन्ने छन् । यो चुनावले कार्यकर्ता भएर खाने समय सकाउने छ । आम जनताले पनि यही पर्खिएर बसेका छन् । यसको फाइदा बालेन शाह र उनको पार्टीलाई हुनेछ ।

केही वर्षअघिसम्म राजनीतिक पार्टीका नेताका घरमा जागिर माग्ने, गाउंमा विकास माग्ने, राम्रो घूस खान पाइने ठाउंमा सरुवा माग्नेलगायत अनेक व्यक्तिगत फाइदाको माग लिएर आउनेको भीड भाड हुन्थ्यो । नेताहरुले पनि आश्वासन दिएर पठाउँथे । एकादुई काम पनि हुन्थ्यो । तर, केही वर्षयता नेताको घरमा यसरी जानेहरुको भीड पातलिसकेको थियो । नियुक्ती खोज्ने, ठेक्कापट्टा हात पार्ने, राम्रो ठाउँमा सरुवा भएर घूस खानेहरु मात्र शक्तिकेन्द्रमा धाउने गरेका थिए ।

Advertisement

वडा–वडामा संगठन, कार्यकर्ता भएपछि चुनाव जितिन्छ भन्ने भ्रम काठमाडौँ मेयरमा बालेन शाहले जितेपछि तोडिएको थियो । २०४६ सालमा प्रजातन्त्र आए पछि नेपाली कांग्रेस, एमाले लगायतका पार्टीहरु गाउँ गाउँमा संगठन बनाउने पुगे । बनाए । विभिन्न आश्वासन दिए । एउटै गाउँमा बस्नेहरु पनि कांग्रेस भए एमालेको घरमा मेलापात नजाने, एमाले कांग्रेसकोमा नजाने अवस्था पनि थियो । कालान्तरमा यो फेरियो । माओवादी आयो । गाउँमा मिलेर खेती गर्ने हो भन्दै असफल भइसकेको नाराहरु बाँड्यो । सामूहिक खेती कम्युनसम्मको अभ्यास गर्न भ्यायो । त्यसवेलाका कम्युनिष्ट घोषणा पत्र पढ्ने हो भने यस्ता भारी शब्द थिए बुझ्न पनि सकिँदैनथ्यो । कम्युनष्टिहरुले शब्दमा मात्र नीति बुने काममा होइन ।

जेसुकै विश्लेषण गरिए पनि देशको अर्थतन्त्र अहिलेसम्म धानिएको कारण डा. रामशरण महत जस्ता अर्थतन्त्रीले गर्दा नै हो । महत, डा प्रकाशचन्द्र लोहनी, महेश आचार्यको बजेटले नै देशको अर्थतन्त्रलाई केही भए पनि नयाँपन दिएको हो । कम्युनिष्ट नामधारीहरुले हामीसँग विचार र सिद्धान्त छ भने तर, सत्तामा जाँदा केही न केही यसको कुनै अर्थै हुन्थेन ।

त्यसपछि रवि लामिछाने आए । टेलिभिजन कार्यक्रममा उनले विदेशमा बस्ने नेपालीका दुःखपीडालाई महत्त्व दिए । राजनीतिमा आए । चितवनबाट जिते । त्यहाँ रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै संगठन थिएन । वडा वडामा कार्यकर्ता थिएनन । तर, दुई दुईपटक त्यो पनि अत्याधिक मत पाए ।

पछिल्ला समयमा राज्यका प्रत्येक ठाउँमा शक्तिकेन्द्रको नजिक छु हुँ भन्नेहरुको रजगज थियो । स्वतन्त्र रुपमा काम गरिएका बौद्धिक मानिसहरुलाई यस्ता शक्तिकेन्द्र धाउनेले मौन बस्न बाध्य बनाएका थिए । वालिगहरुको संगठनमा राजनीति, प्रध्यापकहरुको संगठनमा राजनीति, मजदुरको संगठनमा राजनीति, इन्जिनियरहरुको संस्थामा राजनीति, कर्मचारी प्रशासनमा राजनीति, पत्रकारको संगठनमा राजनीति जहाँ पनि राजनीतिले युवाहरुमा निराशा बढेको थियो ।

दुर्गा प्रसाईंले अराजक र हावादारी कुरा गर्दा उनीलाई काउन्टर दिनुपर्ने बौद्धिक समुदायले थियो । तर, स्वतन्त्र बौद्धिक समुदायलाई राजनीतिकले पूर्ण बेवास्ता गरेको थिए । जवाफ दिन सक्ने स्वतन्त्र व्यक्तिहरु मौन बसिदिए । किनभने राजनीतिक पार्टीका कार्यकर्ताले बौद्धिक समुदायलाई हेप्दै आएका थियो । युवा विद्रोहको जग यसरी नै तयार भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले लामो समयसम्म त्रासका कारण पुराना राजनीतिक पार्टीलाई भोट दिँदै आएका आम नेपालीलाई विकल्प दियो । कार्यकर्ता भएर होइन मान्छे हेरेर भोट हाल्ने वातावरण बनाइदियो । यति छोटो समयमा नयाँको लहर आएको पनि यही कारण हो ।

शेयर गर्नुहोस:

1.6k
Shares