मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस

ट्रम्पले जितेको ट्यारेन्ट काउन्टीमा डेमोक्रेटिक उम्मेदवार विजयी

ट्रम्पले जितेको ट्यारेन्ट काउन्टीमा डेमोक्रेटिक उम्मेदवार विजयी


ड्यालस (टेक्सस) । गत निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विजय हासिल गरेको टेक्ससको ट्यारेन्ट काउन्टीमा पर्ने सिनेटमा डेमोक्रेटिक उम्मेदवार टेलर रेहमतले विजय हासिल गरेका छन् ।

शनिबारको चुनावमा रिपब्लीकन पार्टीकी उम्मेदवारलाई डबल डिजिटको अन्तरले रेहमतले हराएका हुन् । दुइ महिना अघिको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार रनअफ चुनाव भएको हो ।

Advertisement

रेहमतले ५६ प्रतिशत मत पाएका थिए भने उनका प्रतिद्वन्दी लेह वाम्सगन्सले ४३ प्रतिशत प्राप्त गरेकी थिइन् । गत सन् २०२४को चुनावमा ट्यारेन्ट काउन्टीमा डोनाल्ड ट्रम्पले ५१ दशमलव ८२ प्रतिशत मत पाएका थिए । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ४६ दशमलव ७० प्रतिशत मत पाएकी थिइन् ।

यस पटकको चुनावमा डेमोक्रेटिक पार्टीका रेमहत विजयी हुनुलाई वर्तमान ट्रम्प प्रशासनसँग मतदाता असन्तुष्ट रहेको संकेत देखिएको छ ।

शेयर गर्नुहोस:

6k
Shares