ड्यालस (टेक्सस) । नेपाली चिकित्सकहरुको पहलमा स्थापना भएको हिमालय हेल्थ क्लिनिकले आइतबार ड्यालसमा ५३ जनालाई उपचार तथा परामर्श प्रदान गरेको छ ।
हरेक दुइ हप्ताको अन्तरालमा आइतबार युलेसको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा हुँदै आएको क्लिनिकमा स्वास्थबीमा नभएका, नेपालबाट भ्रमण र पारिवारिक भेटघाटका लागि आएकाहरु विशेष रुपमा लाभान्वित हुँदै आएका छन् । आइतबारको क्लिनिकमा डेन्टल, जनरल मेडिसिन, फ्लु भ्याक्सिन, एवानसी परिक्षण जस्ता सेवाहरु प्रदान गरिएका थिए ।
क्लिनिकमा मेनेजर राज श्रेष्ठका अनुसार आगामी दिनमा मेमोग्राम सुविधा समेत दिनेगरि कार्यक्रम अघि बढाइएको छ ।
मे १६ मा गाला डिनरः
हिमालय हेल्थ क्लिनिकको सञ्चालक टेक्सस नेप्लिज मेडिकल एसोसिएसनले आउँलो मे १६ तारिक वृहद गाला डिनर कार्यक्रमको घोषणा गरेको छ । बार्षिक कार्यक्रम अन्तरगत मे १६ तारिक शनिबार गाला डिनर आयोजना हुन लागेकोले सबै सामुदायिक व्यक्तित्वहरु, स्वास्थकर्मीहरुलाई उक्त कार्यक्रमका लागि सहभागि हुन आव्हान गरेको छ ।












प्रतिक्रिया