नेपाली समाज टेक्सस (एनएसटी) को चुनावमा उल्लेखनीय सहभागिता देखिएको छ। शनिबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन प्रक्रियामा साँझ साढे ६ बजेसम्म ३ हजार ५ सय ४० मत खसेका छन्। निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया अझै जारी रहेकाले अन्तिम मत संख्या थप बढ्ने अपेक्षा गरिएको छ।
एनएसटीमा करिब ६२०० सदस्य मतदाता रहेका छन्। मतदानका लागि साँझ ७ बजेसम्म समय तोकिएको भए पनि सो समयसम्म लाइनमा बसेका मतदाताले त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। दिनभर मतदाताको लामो लाइन देखिनुका साथै चुनावप्रति समुदायको चासो र उत्साह रएको देखिन्छ ।
आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न भइरहेको यस निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन स्वयंसेवक तथा निर्वाचन अधिकारीहरू सक्रिय रूपमा खटिएका छन्। मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना सुरु गरिने कार्यक्रम रहेको छ।
निर्वाचन नतिजा राति अबेरसम्म सार्वजनिक हुने अनुमान गरिएको छ। एनएसटीको यो निर्वाचनले टेक्ससमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहभागिता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया