ड्यालस (अमेरिका) । टेक्ससमा रहेका पाल्पालीहरुको संस्था ‘पाल्पाली संगम’ को पहिलो अधिवेशन सम्पन्न भएको छ ।
सम्मेलनले शिव काफ्लेको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । अमेरिकामा रहेका पाल्पालीहरुलाई एकतावद्ध गराएर जिल्लाको लागि आवश्यकता अनुसार सहयोग गर्ने उद्वेश्यले संस्था गठन भएको हो । पाल्पाको विकासका लागि स्वास्थ, शिक्षा र सामाजीक क्षेत्रमा सहयोग गर्ने समेत संस्थाले जनाएको छ ।
पाल्पाली संगम अमेरिकाका पूर्व उपाध्यक्ष डा. सन्दीप पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । पाण्डेले पाल्पा जिल्लाको दीर्घकालीन विकासमा प्रवासी नेपालीहरूको भूमिका, संस्थागत सुदृढीकरण र एकताको महत्वबारेमा चर्चा गरेका थिए ।
अधिवेशन मार्फत १४ सदस्यीय कार्यसमिति चयन गरिएको छ । यसको नेतृत्व अध्यक्ष शिव काफ्लेले गरेका छन ।
त्यस्तै कार्यसमितिमा उपाध्यक्षमा बाबुराम देवकोटा, सचिवमा नारायण पौड्याल, कोषाध्यक्षमा मनिष पौड्याल चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा मीना भट्टराई, टंक अधिकारी, नेत्र पाण्डे, कुल विश्वकर्मा, केशव रानामगर, मधुसूदन नेपाल, युबराज खनाल, सुदीप पौड्याल रहेका छन् ।












प्रतिक्रिया