मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
टेक्सस   
मुख्य समाचार   

ड्यालस, न्यूयोर्क देखि क्यानडासम्म : नेपालीहरूको दीप प्रज्वलन र सरकारविरुद्ध नारा

ड्यालस, न्यूयोर्क देखि क्यानडासम्म : नेपालीहरूको दीप प्रज्वलन र सरकारविरुद्ध नारा


अमेरिका । जेन–जी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा भव्य रूपमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

ड्यालसमा नेपाली समाज, टेक्सस र पशुपतिनाथ तथा बौद्ध बिहार, एनआरएनए लगायतका संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा करिब ५ हजारजति जेन–जी विद्यार्थी सहभागी भएको नेपाली समाजका महासचिव विजय भुसालले जानकारी दिएका छन्।

न्यूयोर्क

सरकारी दमन र विद्यार्थीको हत्या प्रकरणप्रति आक्रोश व्यक्त गर्न सहभागी नेपालीहरूले मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले “भ्रष्टाचार रोक”, “मानव अधिकार हनन भयो”, “जनता मार्न पाइँदैन”, “नेपालका युवाको आवाज सुन्नुपर्छ”, “कालो दिन, अस्ताएका सपनाहरू”,“रेमिट्यान्स पठाउन बन्द गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शनसमेत गरे।

कार्यक्रममा उपस्थितहरूले एकताबद्ध भएर नेपाल सरकारप्रति असन्तोष जनाउँदै न्याय र परिवर्तनको माग दोहोर्याए।

त्यस्तै, न्यूयोर्कमा नेपाली समाज, न्यूयोर्कसहितका संस्थाले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा करिब १ हजारदेखि १५ सयसम्म नेपालीहरूको उपस्थिति रहेको बताइएको छ।

यसैबीच, क्यानडामा सिटी हलमा आयोजित कार्यक्रममा करिब ४ देखि ५ हजारसम्म नेपालीहरूको उत्साहजनक सहभागिता रहेको डा. तुलसी धरेलले जानकारी दिएका छन्।

शेयर गर्नुहोस:

351
Shares