मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

बिडिएद्वारा रक्तदाता र संस्थाहरु सम्मानित

बिडिएद्वारा रक्तदाता र संस्थाहरु सम्मानित


ड्यालस (टेक्सस) । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार साँझ सम्पन्न भएको छ । यो सम्मेलनले सन्तोष कार्कीको नेतृत्वमा नयाँ नेतृत्व समेत चयन गरेको छ ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगत रहेको नर्थरिचल्याण्डमा रहेका रमाइलो इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा वक्ताहरुले जीवनमा खेर जाने रगतलाई दान गरेर मानिसको जीवन बचाउन सकिने भएकोले योग्य सबैले रक्तदान गर्न आव्हान समेत गरे ।

राज्य समितिका अध्यक्ष अजय बगालेको सभापतित्वमा भएको कार्यक्रममा उनले सन् २०२४ मा पाँचसय ५५ पिन्ट रगत संकलन गर्न सफल भएको बताए । सन् २०२५ को अगष्टसम्ममा तीनसय २२ पिन्ट संकलन भैसकेको उल्लेख गर्दै उनले टेक्ससका बिभिन्न स्थानहरुमा बिडिएको पहलमा हरेक हप्ता जस्तो रक्तदान कार्यक्रम भैरहेको समेत जानकारी दिए ।

कार्यक्रममा बिडिए अमेरिकाका प्रमुख सल्लाहकार डा. नन्द रेग्मीले इतिहास र संस्थाको उद्वेश्य बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा ड्यालस फोर्टवर्थमा रहेर हालसम्म ५० भन्दा बढी पटक रक्तदान गर्ने सुरज पौडेल, अच्युत पौडेल, बासु श्रेष्ठ, इन्द्रप्रसाद कोइरालालाई सम्मान गरिएको थियो । सुरज पौडेलले हालसम्म ९९ पिन्ट रक्तदान गरिसकेको समेत त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा २५ पिन्ट भन्दा बढी रक्तदान गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

अध्यक्ष बगालेले टेक्ससमा ४५ भन्दा बढी संघसंस्थाहरुसँग सहकार्य गरेर रक्तदान कार्यक्रम सम्पन्न गरेको समेत जानकारी दिए । त्यस अवसरमा नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, ड्यालस एभरेष्ट लायन्स क्लब, श्रीकृष्ण प्रणामी हिन्दु समाज, एभरेष्ट फेडरल क्रेडिट युनियन, ग्रेटर अस्टिन नेप्लिज सोसाइटी, हिमालयन हेन्थ क्लिनिक, लुम्बिनी सेवा समाज, नर्थ ड्यालस नेपाली समाज, तामाङ्ग सोसाइट टेक्सस लगायतका संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले हरेक वर्ष संस्थाले एकहजार डलर बिडिएका गतिविधि सञ्चालनका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।

नयाँ कार्यसमितिः

सन्तोष कार्की

बिडिए टेक्सस राज्य समितिमा सन्तोष कार्कीको नेतृत्वमा नयाा कार्यसमिति चुनिएको छ । समितिका उपाध्यक्षमा विकास भण्डारी, कोषाध्यक्षमा सरला खरेल, मिडिया संयोजकमा शंकर थापा, आइटीमा अश्विन अश्विन अर्याल चयन भएका छन् ।

त्यस्तै कार्यसमितिका सदस्यहरुमा श्रीकृष्ण गौतम, इन्दिरा पन्थी, प्रतिमा खरेल, नारायण पौडेल, हुमनाथ भण्डारी (राजु), सीताराम पन्त, बिष्णु पहाडी चयन भएका छन् ।

शेयर गर्नुहोस:

2.9k
Shares