ड्यालस (अमेरिका) । पाँचपटक सफल रुपमा सगरमाथा आरोहण गरेकी पत्रकार पूर्णिमा श्रेष्ठले आइतबार ड्यालसमा हिमाल आरोहणका आफ्ना अनुभवहरु सुनाइन् ।
विश्वका ८ हजार मिटर भन्दा उचाईका ८ वटा हिमाल समेत आरोहण गरेकी र १३ दिनमा तीन पटक सगरमाथाको चुचुरोमा पुगेकी उनले आफ्ना कथाहरु रोचक रुपमा प्रस्तुत गरेकी थिइन् ।
नेपाली समाज टेक्सस, हिमालय हेल्थ क्लिनिक लगायत संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रेष्ठसँगै दुई पटक सगरमाथा आरोहण गरेकी उषा विष्टले समेत अनुभव शेयर गरेकी थिइन् । विष्ट हाल टेक्ससको फोर्टवर्थमा बस्दै आएकी छिन् भने श्रेष्ठ भने भ्रमणको सिलसिलामा अमेरिका आएकी हुन् ।
पत्रकारिताको क्रममा फोटो खिच्न बेसक्याम्पसम्म पुग्दा मलाई सगरमाथा आरोहण गर्ने रहर जाग्यो । साथीसँग ऋण गरेर आफ्नै गृह जिल्ला गोरखाको मनासलुबाट हिमाल आरोहण सुरु गरेको आँट बढेपछि सगरमाथा चढेकी हुँ उनले भनिन् ।
उनले आफु जिद्धी र आँट गर्ने भएकै कारण हिमाल आरोहण जस्तो कठिन कार्यमा सफलता पाएको अनुभव सुनाएकी थिइन् ।
त्यस अवसरमा श्रेष्ठ र विष्ट दुबैलाई सम्मान समेत गरिएको थियो ।












प्रतिक्रिया