ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा आउँदो साता इन्टरस्टेट भलिबल प्रतियोगिता हुने भएको छ ।
अमेरिकामा नेपालीहरु रहेका बिभिन्न राज्यका नेपाली खेलाडी बीचमा हुने यो भलिबल प्रतियोगिता आपसी सम्बन्ध विस्तार गर्न आयोजना हुन लागेको हो । नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका अनुसार खेलकुदको माध्यमबाट समुदायलाई एकतावद्ध बनाउन पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
टुर्नामेन्ट आउँदो जुलाई १८ र १९ तारिक (शुक्रबार र शनिबार) बिहान ८ देखि साँझ ६ बजेसम्म हुनेछन् ।
ग्राण्डपेरीको स्पोर्ट कम्प्लेक्समा हुन लागेको टुर्नामेन्टमा सहभागीताका लागि अहिलेसम्म टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, पेन्सलभेनियाबाट १६ वटा टिम दर्ता भैसकेको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए ।
सहभागी हुन इच्छुक टिमलाई छिटो दर्ता गर्न समेत समाजले आव्हान गरेको छ । प्रतियोगितामा पहिलो हुने टिमले शिल्ड सहित ८ हजार डलर नगद राशीको पुरस्कार पाउनेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः पाँचहजार र दुईहजार डलर प्राप्त गर्नेछन् ।
नेपाली समाज टेक्सस अमेरिकाभरि रहेका नेपाली समुदायले स्थापना गरेका संस्थाहरु मध्य निकै चलायनमान संस्थाका रुपमा परिचित छ । समुदायका सदस्यहरुलाई मर्दा र पर्दादेखि लिएर महिला, युवा, विद्यार्थी सबै वर्ग, तह र तप्कालाई समेट्ने गरि कृयाकलाप गर्दै आएको छ ।
महासचिव भुसालले सहभागी हुनका लागि आउँदो बुधबारसम्म टिम दर्ता गर्न सकिने र बिहीबार दिउँसो नेपाली समाज टेक्ससको कार्यालय युलेसमा टाइशिट सार्वजनिक गरिने जानकारी दिए ।












प्रतिक्रिया