मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

बोस्टन तमु समाजको वार्षिक समर भेला सम्पन्न

बोस्टन तमु समाजको वार्षिक समर भेला सम्पन्न

भलिबल प्रतियोगिताको उपाधि मखमलीलाई


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन स्थिति नेपाली समुदायको संस्था ‘बोस्टन तमु समाज’ को वार्षिक समर भेला सम्पन्न भएको छ। तमु समाजले हरेक वर्ष आफ्नो प्रमुख क्रियाकलापको रुपमा प्राथमिकताका साथ आयोजना गर्दै आएको समर भेलालाई यस वर्ष पनि निरन्तरता दिएको हो। कार्यक्रम जुलाई १३,२०२५ आइतबारका दिन हप्किन्टन सिटि स्थित हप्किन्टन स्टेट पार्कमा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरुका साथै विभिन्न समयमा संस्थाको गतिविधिहरुलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गरेका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। आपसमा भेटघाट गर्ने, मनोरञ्जन गर्ने र सामुदायिक एकतालाई थप कसिलो बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा आयोजकले बारबेक्युसहित नेपाली पहिचानका विभिन्न स्वादिष्ट परिकारहरुको व्यवस्था गरेको थियो।
सहभागीहरुले साङ्गीतिक माहोलमा स्वादिष्ट परिकार खादै रमाउदै भरपूर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको दौरानमा ‘रनिङ सिल्ड भलिबल प्रतियोगिता’ को समेत आयोजना गरिएको थियो। प्रतियोगितामा सयपत्री, मखमली, लालुपाते र जमरा टिम उपाधिका लागि खेल मैदानमा उत्रिएका थिए। कडा प्रतिस्पर्धाका बिच उपाधिका लागि भएको रोमाञ्चक अन्तिम खेलमा मखमली टिमले गत वर्षको विजेता लालुपातेलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएको थियो।

समाजका अध्यक्ष रोबिन गुरुङले कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको र समुदायबीच आपसी सम्बन्ध थप कसिलो भएको अनुभूति भएको बताए। उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। समाजका पूर्व अध्यक्ष मिन गुरुङले बोष्टन तमु समाज केबल गुरुङहरुको मात्र नभएर समग्र प्रवासी नेपाली समुदायकै भएको दावी गर्दै त्यसको पुष्टि कार्यक्रममा अन्य समुदायको उल्लेखनीय उपस्थितले गरेको बताए। सहभागीहरुले कार्यक्रम मनोरञ्जन प्रकृतिको भएतापनि नेपाली पहिचानलाई जोगाइराख्न र सामुदायिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

बोस्टन तमु समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली तथा गुरुङ भाषा, भेषभुषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

शेयर गर्नुहोस:

2.8k
Shares