बाल्टीमोर (मेरिल्याण्ड) । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मोहन थापा झण्डै दुई सातादेखि अमेरिकाको हिरासतमा छन् । उनलाई नेपालबाट फर्कने क्रममा प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।
विगतमा विभिन्न किर्ते, जालसाँझी जस्ता मुद्धाहरुमा परेका थापालाई नेपालबाट फर्किने क्रममा विमानस्थलमै पक्राउ गरिएको हो । उनलाई अहिले इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) को हिरासतमा राखिएको छ । नक्कली सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा उनलाई लागेको थियो ।
केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणताका विरोध गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा र जुत्ताको माला लगाउन आव्हान गरेका थिए । थापाको त्यो प्रवृत्तिको सर्वत्र विरोध भएको थियो । सोही कारणले सुरक्षाको अवस्था दर्शाउँदै प्रमंको कार्यक्रम स्थगित भएको थियो ।
ग्रीनकार्ड वाहक मात्र भएको हुँदा थापालाई अमेरिकाबाट देश निकाला हुनसक्ने संभावना रहेको विभिन्न स्रोतहरुले जनाएका छन् । अहिले थापाको यो केसलाई न्यूयोर्कका एक नेपाली कानुन व्यबसायीले हेरिरहेका छन् ।
रवि लामिछाने अमेरिकामा छँदादेखिनै थापा उनीसँग निकट रहेको बाल्टीमोरका नेपालीहरुले बताएका छन् । वर्तमान ट्रम्प प्रशासनले विगतमा कुनै पनि अपराधिक गतिविधिमा संलग्न रहेछ भने त्यस्ता आप्रवासीलाई अमेरिकाबाट निकाला गर्ने नीति लिएको छ ।












प्रतिक्रिया