टेक्सस

ड्यालसको पशुपतिनाथ मन्दिरमा शिवरात्री महोत्सव सुरु

ड्यालसको पशुपतिनाथ मन्दिरमा शिवरात्री महोत्सव सुरु


टेक्ससको ड्यालस फोर्टवर्थमा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो शिवरात्रीको महाेत्सव सुरु भएको छ ।

शिवरात्री पर्वको मुख्य दिन बुधबार भएपनि पशुपतिनाथ मन्दिरमा आइतबारबाटै चहलपहल र शिवरात्री महोत्सव थालनी भएको मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा बस्नेतले जानकारी दिइन् ।

Advertisement

महादेवको पूजा अर्चना सहितको कार्यक्रम हरेक साँझ आयोजना हुनेगरि मन्दिरले महोत्सव राखेको छ ।

बुधबार साँझ भने शिवरात्री कार्यक्रम विशेष रुपमा हुनेगरि महोत्सव कार्यक्रम राखिएको छ । शिवरात्रीमा हिन्दु धर्मवलम्बीहरुका आराध्यदेव महादेवको विशेष रुपमा पूजा गर्ने गरिन्छ । त्यस दिन महादेवलाई मन पर्ने चिजहरु खाएर भक्तजनहरुले पूजा गर्छन् ।

ड्यालसको पशुपतिनाथ मन्दिरले हरेक वर्ष शिवरात्रीलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । यसवर्ष भने आइतबारदेखि बुधबारसम्म चारदिन अझै विशेष रुपमा मनाउन लागिएको मन्दिरका उपाध्यक्ष छबीमणि चापागाईले उल्लेख गरे ।

शिवरात्री महोत्सवको पहिलो दिन आइतबार मन्दिर ठूलो भीड लागेको थियो ।

 

 

शेयर गर्नुहोस:

4.7k
Shares