मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   
मुख्य समाचार   

मन्दिरका सबै पदाधिकारी निर्विरोध चयन

मन्दिरका सबै पदाधिकारी निर्विरोध चयन


ड्यालस (अमेरिका) । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) को नयाँ कार्यसमितिका सबै जना निर्विरोध चयन भएका छन् ।

शनिबार अपरान्ह ५ बजेसम्म मनोनयनको समय रहेकोमा सबै पदमा एक एक जनको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक बैकुण्ठ बिक्रम थापाले जानकारी दिए । सन् २०२५/२६ का लागि नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीको अध्यक्षमा डा. प्रेम अधिकारीको मात्र उम्मेदवारी परेको छ । अधिकारी ट्रष्टीका वर्तमान उपाध्यक्ष हुन् ।

त्यस्तै केन्द्रको कार्यकारिणी समितिको अध्यक्षमा पुनः सीता बस्नेत सापकोटा निर्विरोध भएकी छिन् ।

निर्वाचन समितिले शनिबार साँझ सार्वजनिक गरेको उम्मेदवार सूचि अनुसार बोर्ड अफ ट्रष्टीको उपाध्यक्षद्वयमा भुवन आचार्य र रबिन खनाल, आर्थिक डाइरेक्टरमा विजय हुमागाई, सम्पत्ति व्यबस्थापन डाइरेक्टरमा कवि मैनाली र सचिवमा दीपकराज सिलवाल निर्विरोध भएका छन् ।

त्यस्तै मन्दिर कार्यसमिति तर्फ उपाध्यक्षद्वयमा छबी चापागाई र शैलेन्द्र मानन्धर निर्विरोध भएका छन् । त्यस्तै निर्विरोध भएका पदाधिकारीहरुमा महासचिवमा लक्ष्मी पौडेल अधिकारी, सचिवमा सुमन कार्की, कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा बासु श्रेष्ठ चयन भएका छन् । त्यस्तै महाप्रसाद संयोजकमा अच्युत थापा, सर्च कमिटीमा मकर बज्राचार्य, महाप्रसाद खरिद समिति संयोजकमा सबिता बर्तौैला न्यौपाने, सूचना प्रविधि संयोजकमा जीवन घिमिरे, स्वयमसेवक संयोजकमा विवेक कँडेल र महिला संयोजकमा मुना खरेल निर्विरोध भएका छन् ।

युथ काउन्सिल मेम्बरमा भने कसैको पनि उम्मेदवारी नपरेको समेत निर्वाचन समितिले जनाएको छ । १८ वर्षदेखि ३० वर्ष उमेरका युवाले मात्र यो पदमा आवेदन दिन पाउने प्रावधान अनुसार उम्मेदवारी परेको छैन ।

नयाँ कार्यसमितिले आउँदो नयाँवर्ष २०२५ सँगै आफ्नो कार्यभार सम्हाल्नेछ । परेको उम्मेदवारी माथि १७ तारिकसम्म दावी विरोध गर्न सकिनेछ । शपथ ग्रहण २८ तारिक शनिबार हुनेछ ।

नयाँ कार्यसमितिले निर्माणाधिन मन्दिरको दोस्रो चरण सुरु गरेर सम्पन्न गराउनेमा सदस्यहरुले अपेक्षा लिएका छन् । त्यस्तै नेपाली समाज टेक्सससँगको सहकार्यमा नेपाली पाठशालालाई थप व्यबस्थित बनाउने र मन्दिरमा ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेका हरिक परिवारको सहभागिता र साथ जुटाउने अपेक्षा समेत सदस्यहरुले लिएका छन् ।

शेयर गर्नुहोस:

21.4k
Shares