मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

चितवनमा पहिलोपटक अर्थोजेनेटिक सर्जरी सफलतापूर्वक सम्पन्न

चितवनमा पहिलोपटक अर्थोजेनेटिक सर्जरी सफलतापूर्वक सम्पन्न

केशव भट्टराई

शेयर गर्नुहोस:

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको निजी अस्पतालमा पहिलोपटक अनुहारको हड्डी सीधा गर्ने शल्यक्रिया (अर्थोजेनेटिक सर्जरी) सफलतापूर्वक सम्पन्न भएको छ । यो शल्यक्रिया डा. कृष्ण रेग्मीको नेतृत्वमा भरतपुर सामुदायिक अस्पतालमा सम्पन्न भएको हो ।

मुख तथा मैक्सिलोफेसियल शल्यचिकित्सक डा. रेग्मीले चितवनको स्वास्थ्यसेवा क्षेत्रमा एउटा कोशेढुङ्गा साबित भएको दाबी गरेका छन् । उनी भन्छन्, “यो चितवनको स्वास्थ्यसेवा क्षेत्रमा एउटा कोशेढुङ्गा साबित हुनेछ । अनुहारको हड्डी सीधा गर्ने सुधारात्मक शल्यक्रिया अब चितवनमै सम्भव भएको छ, जसका लागि बिरामीहरूलाई काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता हटेको छ ।”

अनुहारको हड्डी सीधा गर्ने सुधारात्मक शल्यक्रिया अनुहारको असमानता (फेसियल एसिमेट्री), टोकाइ समस्या (बाइट इस्युज) र कार्यात्मक कठिनाइँ (फङ्सनल डिस्क्रिपेन्सी)को उपचारका लागि गरिन्छ । यसले बिरामीको शारीरिक बनोटमात्रै होइन, आत्मविश्वास र जीवनस्तर सुधार्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

मुख तथा मैक्सिलोफेसियल शल्यचिकित्सक डा. रेग्मीले चितवनमा यसअघि थ्रिडी भर्चुअल सर्जिकल प्लानिङ प्रविधि सफलतापूर्वक प्रयोग गरिसकेका छन् । यस सफलताले चितवनलाई उच्चस्तरीय शल्यचिकित्सा सेवाको केन्द्रका रूपमा स्थापित गर्न थप बल प्रदान गर्ने उनको विश्वास छ ।

डा. रेग्मी भरतपुर सामुदायिक अस्पताल र एलाइभ हस्पिटलमा आबद्ध छन् ।